माघ २६, काठमाडौं । नेकपा एमाले गोकर्णेश्वर ६ कमिटीको वडा दोश्रो अधिवेशन सुरु भएको छ ।

शुक्रबार विहान सर्वेश्वर मन्दिर परिसरबाट तामाङ र नेवार सांस्कृतिक झाँकीसहित र्याली गरेर अधिवेशनको मंच आइपुगेको थियो । र्याली नयाँवस्ती तामाङ गुम्बा, बौद्ध पिपलबोट हुँदै जोरपाटीचोक पुगेर कार्यक्रम मंचभित्र प्रवेश गरेका थिए ।

एमाले नेता कार्यकर्ताको बग्लो उपस्थिति सहित र्यालीमा सहभागी थियो । कार्यक्रममा एमाले निर्वाचित संघीय सामानुपतिक सांसद शान्ति श्रेष्ठ, स्थानीय नेता उद्धव बिष्ट, गोकर्णेश्वर नगरपालिकाका वडा ६ का अध्यक्ष समेत रहेका नवराज लामा लगायत नेताहरूको सहभागिता रहेको थियो।


