अरुण चौधरीसहित तीनजना नै थुनामुक्त

माघ २४, काठमाडौं। व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त भएका छन्। बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार थुनामुक्त भएका हुन्।

यही १८ माघमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुर पक्राउ परेका थिए। अदालतको आदेशअनुसार हाजिरी जमानीमा उनीहरुलाई सीआईबीले छाडेको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.