नेकपा एस भुम्लुकाे प्रथम अधिबेशन, अध्यक्षमा कार्की

माघ २०, काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी )काभ्रेको भुम्लु गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शनिबार भुम्लु गाँउपालिका कमिटीकाे कार्यालय दोलालघाटमा आयोजित प्रथम गाउँअधिबेशनले कृष्णकुमार कार्कीको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा खेचरबहादुर थापा, महिला उपाध्यक्षमा कालिका खरेल, सचिवमा दिपक ठकुरी, उपसचिवद्वय  बिजय तामाङ र कविता क्षेत्रीलगायत ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएका छन ।

पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा भएको अधिबेशनमा पार्टी केन्द्रीय परिषद सदस्य कल्पना श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य सुरेश कक्षपती, काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य प्राणनाथ न्यौपाने लगायतका नेताहरूले मन्तब्य राख्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादी भुम्लु गाउँपस्लिका कमिटीका निवर्तमान अध्यक्ष तथा भुम्लु गसुँपालिका वडा नं ८ का निर्वाचित वडाअध्यक्ष मोतिलाल तामाङको अध्यक्षतामा सम्पन्न गाउँअधिबेशनको सञ्चालन दिपक ठकुरीले गर्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.