पहिलोपटक बाइक रेस सम्पन्न

भदौ २५, काठमाडौं । देशका पर्यटकीय गन्तव्यहरुको उजागर गरी अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने उदेश्यले नेपालमै पहिलोपटक आयोजना गरिएको यति बाइक रेस प्रतियोगितामा छ जना विदेशी नागरिकले सहभागिता जनाएका छन् ।

सो साहसिक पर्यटन खेलमा विश्व प्रसिद्ध नागरिक एपोलोको संयोजनमा छ जना विदेशी नागरिकले बेँसीशहर, मुक्तिनाथ, बेनी हुँदै पोखरासम्म बाइक रेस सम्पन्न गरि शनिबार काठमाडौँ फर्किएको बाइक रेसको व्यवस्थापन गरेको कम्पनी मकालु एड्भेञ्चर प्रालिका प्रबन्ध निर्देशक मोहन लम्सालले जानकारी दिनुभयो ।

सो अवसरमा आयोजित एक कार्यक्रममा रेसका विजेता र सहभागीलाई प्रबन्ध निर्देशक लम्साल र संयोजक एपोलोले ट्रफि र पुरस्कार प्रदान गर्नुभयो । प्रबन्ध निर्देशक लम्सालले नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ आकर्षण (न्यू प्रडक्ट) को रुपमा यस पर्यटनको साहसिक खेललाई आगामी वर्षदेखि प्रत्येक सेप्टेम्बर १५ मा विश्वभरबाट सहभागितालाई गराइ अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा आयोजना गरिने बताउनुभयो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.