नापी कार्यालयका सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ

माघ १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

आयोगले मंगलबार स्टिङ अपरेसनमार्फत नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारका अनुसार उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता अख्तियारले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.