पत्रकार महतोलाई अभद्र व्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै पत्राचार

माघ ८, काठमाडौं । पत्रकार राजकरण महत्तोलाई भैया, मार्सिया, बिहारी जस्ता अपशब्द बोल्दै गालीगलौज तथा कुटपिट गर्ने सुन्दरीमाई यातायातको गाडी चालक र सह–चालकमाथि कडा कारबाही गर्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

यही माघ ७ गते आइतबार काठमाडौंको तिनकुनेस्थित सडक किनारामा यात्री प्रतीक्षालयमा रोकी राखेको सुन्दरीमाई यातायातको गाडीको चालक तथा सह–चालकले पत्रकार महत्तोलाई मार्सिया, विहारी जस्ता अपमानजनक शब्द प्रयोग गर्दै कुटपिटको प्रयास समेत गरेपछि पत्रकार महत्तोले आयोगमा कारबाहीको लागि उजुरी दिएका थिए । सो उजुरी भएपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा आयोगले सो गाडीका चालक तथा सह–चालकलाई यथाशिघ्र नियन्त्रणमा लिएर कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले यस्ता नश्लीय व्यवहारका घटना बारम्बार दोहरिनुले राज्य र अन्य समुदायको मधेशी समुदाय प्रतिको दृष्टिकोणलाई झल्काएको बताएका छन् । आयोगले बारम्बार यस्ता घटनाका दोषीहरुलाई कडाकारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन वा पत्राचार गरेपनि सम्बन्धित निकाय गम्भीर नहुनु दुखद रहेको समेत अध्यक्ष डा। दत्तले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.