कुनै गोल नगरी अर्को चरणमा प्रवेश

भदौ २५, काठमन्डौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणमा एक गोल पनि नगरेको माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ।

समूहको अन्तिम खेलमा आइतबार भारतसँग २-० ले पराजित माल्दिभ्स समूह ‘बी’ मा एक अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो। समूहमा सतप्रतिशत नतिजा निकालेको भारत २ खेलमा ६ अंक बटुल्दै समूह विजेता बनेर सेमिफाइनल पुज्ञ्ो।

समूहमा यसअघि भारतले पहिलो खेलमा श्रीलंकालाई समान २-० गोल अन्तरले नै पराजित गरेको थियो। शुक्रबार श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि दुबैको सेमिफाइनल प्रवेश सम्भावना बलियो थियो।

आइतबारको नतिजासँगै समूह उपविजेताको टुङ्गो लगाउन प्रतियोगिताको नियमअनुसार टस गर्नुपर्ने भयो। कारण श्रीलंका र माल्दिभ्स दुवैको १-१ अंक थियो र गोलअन्तर पनि समान। प्रतियोगिताको नियमावलीमा अनुशासन अंक नभएर गोलाप्रथा लेखिएका कारण उपविजेताको छिनोफानो टस मार्फत गरिएको थियो।

माल्दिभ्सले समूह चरणका दुई खेलमा १ हार र १ बराबर गरेको थियो। दुवै खेलमा माल्दिभ्स गोल गर्न असफल रह्यो।

साफ च्याम्पियनसिपको इतिहासमै कुनै गोल नगरी टोली अर्को चरणमा पुगेको यो नै पहिलो पटक हो। अब माल्दिभ्सले बुधबार हुने सेमिफाइनल खेलमा नेपालको सामना गर्नेछ।

यो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे हुनेछ। अर्को सेमिफाइनलमा भारत र पाकिस्तानबीच हुनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.