पारस, सन्दिप र साेमपाल एपीएलकाे ड्राफ्टमा

भदौ २५, काठमन्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा परेका छन।

एपिएलका आयोजकले दुबईमा आज (सोमबार) खेलाडीको सूची सार्वजनिक गर्दैछ। जसमा नेपालबाट पारस र सोमपालसँगै सन्दिप लामिछाने पनि परेका छन्।

३५० भन्दा बढी खेलाडी सम्मिलित सूचीमा ओमान, क्यानडा, हङकङका र युएईका खेलाडी पनि ड्राफ्टमा समावेश छन्।

जसमा सबै खेलाडीलाई विभिन्न ६ वटा क्याटागोरीमा राखिएको छ। आयोजकले क्याटागोरीको नाम आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसीसी एसोसियट र इमर्जिङ भनेर राखेको छ।

प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.