हङकङमा प्रदर्शन हुँदै चलचित्र ‘सुगुप’

पुस २९, काठमाडौं । चोकफुङ ईन्टरटेनमेन्ट प्रालिको ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’को हङकङबाट प्रदर्शन सुरु हुने भएको छ । हङकङमा पत्रकार सम्मेलन गरी चलत्रिकाका प्रस्तुतकर्ता रबिनकुमार नाल्बोले सो कुरा जानकारी गराएका हुन् ।

करिब एक करोड नेपाली रुपैयाँ लगानी तयार भएको चलचित्र सामाजिक तथा पारिवारिक चलचित्र ‘सुगुप’ लिम्बू भाषा, संस्कार र संस्कृतिको सम्बर्द्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको हो । लोकेन साँबाको कथा तथा निर्देशन रहेको यस चलचित्रको पटकथा देबेन्द्र खापुङले लेखेका हुन् भने युवराज राई ‘बिरबहादुर’ले छायाँकन गरेका छन् ।

यासेली योङहाङ र जानु काम्बाङको गीतमा अशोक लोहरुङ राईले संगीत भरेका छन् भने राजेशपायल राई, अन्जु पन्त, मनु नेम्बाङ, सुनिता थेगीम, भिम लिम्बू, रुकमान लिम्बूलगायतको स्वर रहेको छ । यस चलचित्रका लागि कमल राईले कोरियोग्राफी गरेका छन् ।

 

नेपाल र भारतका विभिन्न स्थानमा छायाँकन गरिएको सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बु (फुलेन्देको बाउ), बबिता नेयोङहाङ, डम्बरकुमारी पयाङगो मेन्याङबो, निता लिम्बू, एमके योङहाङ, तिर्थ मादेम्बा, रुकमान लिम्बू, सैलेन्द्र कुमार नाल्बो, सुम्निमा खापुङ, योमन सोदेम्बा, उदय बेघा, रबिनकुमार नाल्बोलगायतका कलाकारको अभिनय रहेको छ ।

सिक्किम, बेलायत र नेपालमा पनि चाँडै प्रदर्शन हुने प्रस्तुकर्ता नाल्बोले बताए । सैलेन्द्र कुमार नाल्बो र दिलमाया लाबुङ नाल्बो निर्माता तथा एलपी साँबा लिम्बू, मनिसा सुब्बा नाल्बो, श्रीप्रसाद माबो र रामप्रसाद पन्धाक सहनिर्माता रहेका छन् । यो चलचित्र हङकङमा यही आउँदो १० फेब्रुअरी प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.