तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

पुस २९, काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराईका अधिकांश स्थानमा हुस्सु्कु-हिरो लागेको छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, भोलि सोमबार र मंगलबार भने देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.