पुस २६, काठमाडौँ । प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएका गाडीहरु बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार अपरिचित व्यक्तिहरुले विभिन्न गाडी तथा मोटरसाइकलहरु भन्सार छली चोरी पैठारी गरी नेपालमा ल्याइ काठमाडौंको विभिन्न स्थानहरुमा बेवारिसे अवस्थामा छाडेको अवस्थामा गाडी तथा मोटरसाइकलहरु बरामद गरिएको छ । प्रहरीका अनुसार ती सवारी साधनहरुयस सम्बन्धमा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।

