मिस तामाङ – २०२४ को पहिलो अडिसन सम्पन्न

पुस २२, काठमाडौँ । मिस तामाङ प्रतियोगिता –२०२४ को लागि पहिलो अडिसन सम्पन्न भएको छ । काठमाडौँको बागजारमा भएको पहिलो अडिसनमा ४८ जनाले भाग लिएका छन् ।

तामाङ समुदायबाट आफ्नो भाषा, कला, संस्कृति तथा रीतिरिवाजका साथै सामाजिक चेतनासहित नेतृत्व विकासमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको मिस तामाङ प्रतियोगिताको १६ औँ संस्करणका लागि छनौट प्रक्रिया थालेको आयोजक संस्था मम्स् इनटरनेशनल नेपालकी अध्यक्ष रञ्जिता लामाले जानकारी दिइन् । अध्यक्ष लामाका अनुसार यस पटक डिजिटल प्लेटफर्ममार्फत खुलाइएको आवेदनमा २ सय ७८ जनाले फाराम भरेका थिए ।

तामाङ युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई तामाङ जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण एवम् प्रबर्द्धन गर्ने उद्देश्यले मिस तामाङ आयोजना गर्दै आइरहेको छ। ‘मिस तामाङ २०२४’लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी थालिएको अध्यक्ष रञ्जिता लामाले बताईन् ।

शनिवार पूर्व मिस तामाङहरू सुमि मोक्तान, सफलता थिङ तामाङ र पासाङ याङ्जीले अडिसन लिएका थिए । १७ –२८ वर्ष उमेर समूहका सहभागी प्रतियोगीहरू प्लसटु, व्याचलरसम्म अध्ययन गरेका र विभिन्न पेसा व्यवसायमा समेत संलग्न रहेका आयोजकले बताए ।

प्रारम्भिक छनौटमा परेकाहरुलाई आत्मविश्वास, व्यक्तित्व विकास तथा साँस्कृतिक जागरण लगायतका विभिन्न विषयको तालिममा सहभागी गराउने अध्यक्ष तामाङले बताईन् । ‘मिस तामाङ २०२४’ को विजेतालाई १ लाख नगद, सिल्बर क्राउन र गिफ्ट हेम्पर दिइनेछ। त्यस्तै फास्ट रनर अपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ। १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ।  सोनाम ल्होछारको अवसरमा आउँदो फागुन १२ गते राष्ट्रिय सभागृहमा अन्तिम ग्राण्ड फिनाले गरी मिस तामाङ २०२४ घोषणा गर्ने तयारी भइरहेको आयोजकले जनाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.