नेपालका प्रशिक्षक र खेलाडीहरुले कोरे कीर्तिमान

भदौ २४, काठमाडौं। साफ च्याम्पियनशीपको उपाधिका लागि अभागी सावित हुँदै आएको नेपालले बंगलादेशको राजधानी ढाकामा जारी १० औं संस्करणलाई सुखद बनाउने संकेत दिएको छ । यसपटकको संस्करणमा सहभागी प्रशिक्षक र खेलाडीहरुले भने बिभिन्न व्यक्तिगत कीर्तिमानहरु बनाउँदै गर्दा उपाधिका समेत उठाएर मुलुककै लागि कीर्तिमान कोर्न खेलाडीहरु लालायित देखिएका छन ।

साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तीमगर, कप्तान विराज महर्जन र प्रशिक्षक बालगोपाल महर्जनले कीर्तिमान बनाएका छन । प्रतियोगिताको सेमिफाईन खेल्नु अघिनै नेपालका तर्फबाट ४ गोल गर्ने खेलाडीको सूचीमा बिमल घर्तीमगरले रेकर्ड बनाएका छन । बिमलले सन २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन २०१५ मा भारतविरुद्ध गोल गर्दै संख्या दुई पु¥याए ।

बंगलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे । पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । योसँगै साफमा उनको गोल संख्या ४ पुगेको छ । साफमा चार गोल गर्ने खेलाडीमा यस अघि हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ । तर विमलको साफमा सवार्धिक गोल गर्ने मौका अझै पनि बाँकी नै छ । नेपालले सेमिफाईनलमा जित निकाल्दै फाईनल खेले विमलको सामु साफमा धेरै गोल गर्ने खेलाडी बन्ने मौका थपिनेछ ।

जारी साफ च्याम्पियनशीपमा नै नेपालका कप्तान विराज महर्जनका लागि पनि निकै पृथक बनेको छ उनले पनि समुह चरणको खेलमा नै केहि कीर्तिमान बनाउन भ्याएका छन । नेपाली राष्ट्रिय फुटबल टिमका बिराज महर्जन नेपाली फुटबलको इतिहासमै सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बनेका छन । जारी साफ च्याम्पियनशीपको समूह चरण अन्तर्गत भूटानबिरुद्धको दोस्रो खेलमा सब्सिच्युड खेलाडीको रुपमा विराज मैदान प्रवेश गरेसँगै उनले पूर्व कप्तान राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान तोडेका हुन ।

२८ वर्षीय जिराज सन २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । पाकिस्तान विरुद्धकै खेलमा उनले नेपालबाट सर्वािधक अन्तर्राष्ट्रिय क्याप जित्ने खेलाडीको कीर्तिमान बराबरी गरेका हुन भने विराजको खेल जीवन अझै लामो समय पक्का खेल्नेछन । जारी साफमा खेलाडीको मात्र नभई प्रशिक्षकको निम्ति पनि विशेष बनिरहेको छ ।

नेपाली राष्टिय टिमका प्रशिक्षक बाल गोपाल महर्जन साफ च्याम्पियनशीपको इतिहासममा नेपाललाई सेमिफाइनल पु¥याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन । यसअघि तीन पटक नेपालले सेमिफाइनल यात्रा तय गर्दा तीनै पटक विदेशी प्रशिक्षक रहेका थिए । आयोजक बंगलादेशलाई २–० ले हराएपछि नेपाल गोलअन्तरका आधारमा समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.