ललितपुरमा आजदेखि राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

पुस २०, ललितपुर । ललितपुरमा आजदेखि तीन दिने विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद सुरु भएको छ ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा सुरु भएको प्रतियोगिताको ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नुभयो । महानगर प्रमुख महर्जनले देशभरीकै नगरपालिकामध्ये ललितपुर अब्बल रहेको दाबी गर्दै यो महानगर शिक्षा क्षेत्रको हब नै भएको बताउनु भयो । उप मेयर मन्जली बज्राचार्यले खेलकुद जीवनको महत्वपूर्ण पाटो भएकोे बताउनु भयो ।

प्रतियोगितामा ३० वटा विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् । प्रतियोगितमा भलिबल, एथ्लेटिक्स, जम्प, मर्शल आर्ट लगायत ८ बिधामा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, दोश्रो हुनेलाई ७५ हजार र तृतिय हुनेलाई ५० हजार रुपैयाँ सहित शिल्ड तथा पदक प्रदान गरिने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.