रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

पुस १९, काठमाडौं । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ ।

वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो ।

विभागले जारी गरेको सूचनामा भनिएको छ– हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरु विभिन्न समाचार पत्रमा आई रहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भईरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.