भदौ २४, । पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिको शनिवार सम्पन्न १० औं अधिवेशनले बुद्धिबहादुर रुम्बा तामाङको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ।
आगामी तीन वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा बिष्णु योञ्जन तामाङ , सचिवमा बृजेश थिङ तामाङ , सहसचिवमा पवित्रा थोकर तामाङ , कोषाध्यक्षमा बुद्धिमाया नेगी तामाङ र सहकोषाध्यक्षमा अमर घरा चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा शेरजंग वाइबा तामाङ , दलसिंह पाख्रिन तामाङ , गंगाबहादुर गोम्जा तामाङ , डम्बरबहादुर स्याङबो तामाङ , बिन्दु मोक्तान तामाङ , मनसुवा स्याङ्बो तामाङ , बिले वाइबा तामाङ , बेलमाया लोप्चन तामाङ र कमल नेगी तामाङ रहनुभएको छ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजक कृष्णबहादुर तितुङ तामाङले पद तथा गोपनीयताको सपथ ग्रहण, प्रमुख अतिथि नेपाल तामाङ घेदुङका पुर्व केन्द्रीय अध्यक्ष धनप्रसाद डुम्जन तामाङले खादा लगाएर बधाई र कास्की आवाजका सम्पादक तथा तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर तमुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष बुद्धिबहादुर रुम्बा तामाङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुहुदै अग्रजको सल्लाहसुझावलाई आत्मसाथ गर्दै तामाङ समुदाय र संस्थाको हक हितका लागि क्रियाशील भईरहने बताउनुभयो। यसै विच उहाँले तमुवान—मगराँत संघर्ष समितिद्धारा भदौ २९ गते पोखरामा आयोजित कर बृद्धि विरुद्धको प्रदर्शनमा तामाङहरुको ब्यानरसहित बृहत सहभागिता गरिने बताउनुभयो।
आगामी नेतृत्व चयनका लागि नेपाल तामाङ घेदुङका अध्यक्ष कृष्णबहादुर तितुङ तामाङको संयोजकत्वमा टेकबहादुर स्याङ्बो तामाङ , योसरी सम्देन तामाङ , मानबहादुर स्याङ्देन तामाङ र लघुराम तामाङ रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।

