पाँच लाख घुससहित वडा अध्यक्ष पक्राउ

पुस २, बारा । जितपुरसिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष तारा कार्की घुस रकमसहित सोमबार पक्राउ परेका छन् ।

कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए । कार्की एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.