आज सेतीको ड्याम खोलिने, सतर्क रहन प्रशासनको अनुरोध

मङ्सिर २८, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका एक बिरामीलाई खोज्न आज सेती नदीको ड्याम खोलिने भएको छ। प्रहरीले मध्याह्न १२ बजे सेती ड्याम खोल्ने जनाएको छ । उपचारका लागि मणिपाल भर्ना भएका १९ वर्षीय संगम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि बेपत्ता थिए।

ज्वरोसम्बन्धी उपचारका लागि उनलाई अस्पताल लगिएको थियो। मणिपालको इमर्जेन्सी वार्डमा राखिएका उनी बुवा हरिप्रसाद मिश्र औषधि लिन गएका बेला अस्पतालबाट हराएका थिए। खोजतलासका क्रममा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र परिचयपत्र भेटिएपछि प्रहरीले सेती नदीमा हाम फालेको हुनसक्ने अनुमान गरेको छ। त्यसैका आधारमा उनलाई खोज्न सेती नदीको ड्याम खोल्न लागिएको हो।

प्रहरीले उनको खोजीका लागि ड्याम खोल्नुपर्ने भएकाले ड्यामभन्दा तलका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.