इजरायल रोजगारीको प्रलोभन देखाई हुने ठगीबाट बच्न विभागको आग्रह

मङ्सिर २७, काठमाडौं । इजरायलमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ।

विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउने काम भइरहेको जनाएको छ । इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइ नसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस सम्बन्धमा कुनै निर्णय भए विभागको वेवसाइटमा सार्वजनिक रुपमा सूचना प्रकाशित गरिने विभागले जनाएको छ।

इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्ति तथा समूहहरूले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको भन्दै विभागले सचेत रहन सरोकारवाला सबैलाई अनुरोध गरेको हो।

ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भैरहेको भन्दै विभागले त्यस्ता भ्रमपूर्ण कार्यमा संलग्न नहुन पनि विभागले अनुरोध गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.