‘मिस तामाङ – २०२४’ को आवेदन खुल्ला

मंसिर २४, काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२४’ को आवेदन खुल्ला गरिएको छ। मम्स् इन्टरनेसनल नेपालले आयोजना गर्दै आएको ‘मिस तामाङ’ को १६ औँ संस्करणमा हुने प्रतियोगितामा सहभागि हुन चाहने तामाङ युवतीहरुका लागि आवेदन आह्वान गरिएको छ ।

तामाङ युवतीहरुको आफुभित्र भएका क्षमतालाई बाहिर ल्याई तामाङ जातिको कला, सँस्कृति, भेषभुषा, बाजा, रीतिरीवाज तथा धर्मको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले मिस तामाङ आयोजना गर्दै आइरहेको छ। ‘मिस तामाङ २०२४’लाई भव्य साँस्कृतिक उत्सवको रुपमा विकास गर्नेगरी तयारी थालिएको मम्स् इनटरनेशनल नेपालकी अध्यक्ष रञ्जिता लामाले जानकारी दिइन।

‘मिस तामाङ २०२४’का विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत सहजै भाग लिन पाउने व्यवस्था गरिएको उनको भनाई छ। सहभागिताको लागि तामाङ जातिको हुनुपर्ने, १६ वर्षदेखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तीमा ५ फिट उचाई हुनुपर्ने लगायतका योग्यता निर्धारण गरिएको छ। आयोजकका अनुसार विश्वका जुनसुकै देशका तामाङ युवतीले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा भाग लिन चाहानेहरूले अनलाइनमार्फत आवेदन फाराम भर्न सकिने आयोजकले जनाएको छ । फाराम संकलनपछि प्रारम्भिक चरणको छनोट प्रक्रिया भने पुस २१ गते काठमाडौँमा हुने जानकारी दिएको छ । आवेदन खुल्ला भएकोले अनलाइनमार्फत आफ्नो विवरण भर्न सक्नुहुने सक्नुहुने बताउँदै आवश्यक जानकारीका लागि मम्स् इन्टरनेशनल नेपालको कार्यालय बागबजारमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

प्रारम्भिक छनौटमा परेकाहरुलाई आत्मविश्वास, व्यक्तित्व विकास तथा सँस्कृति जागरण लगायतका विभिन्न विषय तालिममा सहभागी गराउने अध्यक्ष तामाङले बताईन् । ‘मिस तामाङ २०२४’ को विजेतालाई १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर दिइनेछ। त्यस्तै फास्ट रनर अपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ। १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ।

अनलाइन फाराम https://globalonlinepay.org/formBooking/636ce7a24c6741668081570?fbclid=IwAR1SjGveJJksSmOo-oV0eGIa6NeH_VW_aEu6LjfkKMJyP0mtj9i6CAHrHSM

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.