विमानस्थलबाट साढे ६ किलो सुनसहित २ जना पक्राउ

मङ्सिर २४, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थलको भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीको टोलीले उक्त परिणामको सुनसहित २ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्टका नगारिक सेरिफ मोहम्मद मोहम्मद लाशिन र उनका सुडानी साथी ओस्मानलाई सुनहित नियन्त्रणमा लिएको जनाएको छ । उनका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा छ । उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए ।

यसअघि २१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै १४ किलो सुन बरामद भएको थियो। विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाई ल्याएको सात थान बिस्कुट आकारको १४ किलोग्राम सुनसहित पक्राउ गरिएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.