एनसेल प्रकरणकाे छानविन गर्न शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

मंसिर २१, काठमाडौं । सरकारले एनसेलको शेयर खरिद बिक्री प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

समिति सदस्यहरुमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेश काफ्ले, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । समितिलाई उक्त प्रकरणको अध्ययन गरी ३० दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.