रुसी सैनिकमा भर्ती गराउने गिरोहका १२ जना सार्वजनिक

मंसिर २०, काठमाडौँ । रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो । गिरोहमा सङ्लन्न दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले सैनिक लगायत अन्य विभिन्न पेसामा जाने भनी विभिन्न एजेन्ट, फर्म, राहदानी र व्यक्तिगत विवरण पठाएका पीडित सम्पर्कमा आएको बताउनुभयो ।

रसिया जाने क्रममा ६ जनाको मृत्यु भएको घटनापछि काठमाडौँ मात्र नभई अन्यत्र जिल्लामा ठगी तथा मानव तस्करी हुन सक्छ भनी सरकार गम्भीररुपमा रहेका अवस्थामा विभिन्न माध्यमबाट प्राप्त गरेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.