एनसेल शेयर बिक्री सम्बन्धी समाचारमा प्रधानमन्त्री प्रचण्डको चासो

मंसिर १८, काठमाडौँ । एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन पनि दिनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा समेत सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.