६ यात्रु बोकेको अल्टिच्युट एअरको हेलिकप्टर सम्पर्कविहीन

भदौ २३, काठमाडौं । गोरखाको सानागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको निजी हेलिकप्टर कम्पनी अल्टिच्युट एअरको हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको छ।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः१८ मा अवतरण भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म हेलिकप्टर सम्पर्कमा आएको छैन । “कल साइन (९ एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएर काठमाडौँ ल्याउँदै थिए, बिहान ७ः४५ देखि नै उक्त हेलिकप्टर सम्पर्कमा छैन,” उनको भनाइ थियो ।

उनकाअनुसार हेलिकप्टर खोज्न अरू हेलिकप्टरसमेत पठाइसकिएको छ । एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस ३५०बी ३ इ सिरिजको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.