भदौ २३, महोत्तरी । महोत्तरीको भंगहामा गएराति लुटेरा समुहले गोली चलाउँदा पाँच जाना घाईते भएका छन । राति १२ बजे तिर दश जना भन्दा बढीको समुहमा आएको ती समुह अर्जुन भुजेलको घरमा लुटपाट गर्न आएका थिए । गोली प्रहारबाट घरमुली भुजेल गम्भिर घाईते भएका छन ।
त्यस्तैगरी लुटेराहरुको प्रतिकारका गर्न आएका भुजेलका छिमेकीको मोटरसाईकलमा पनि बम प्रहार गरेको भुजेलले बताएका छन । घटनामा अर्जुन भुजेलसहित उनकी श्रीमती ४२ वर्षीया अञ्जुु भुजेल, छोराहरु २५ वर्षीय अमित भुजेल र १८ वर्षीय दिपेन्द्र भुजेल तथा आफन्त सुमन बुढाथोकी घाईते भएका छन । उनीहरुको बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अवेर राती अर्जुनको घरमा लुटपाट गर्न आएका लुटेरा समुहले नगद सहित करिव १० लाख बराबरको गरहगना लुटेका छन । अर्जुनकी श्रीमती र आमाले कानमा लगाईराखेको सुनको गहना समेत लुछेर लगेको छ । यता प्रहरीले सोहि आरोपमा केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ ।
घटना स्थलबाट रातो कपडामा बेरिएको सुतली बमको टिना तीन थान र गोलीको खोका तीन थान फेला परेको प्रहरीको भनाई छ ।

