प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी

मंसिर ५, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको तीन दलीय शीर्ष बैठकका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

प्रधानमन्त्रीका सचिवालयको अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.