बागमती प्रदेश मन्त्रीका पीएसओ मृत भेटिए

कार्तिक २१, काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत अवस्थामा भेटिएका छन् ।

मन्त्री दुलालको अंगरक्षकको रुपमा काम गर्दै आएका ४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालका अनुसार आज (मंगलबार) बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.