स्वास्थ्य क्षेत्र सुधारका लागि नीति बनाउन आवश्यकः सभापति चालिसे

कार्तिक १९, काठमाडौं । काठमाडौँ क्षेत्र नं. ३ का सांसद तथा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति, नियमहरु बनाउन आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल अर्थोपेडिक अस्पतालको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै सभापति चालिसेले स्वास्थ्यको क्षेत्रमा नेपाल अझै पछाडि रहेको बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै नीति नियमहरु बनाउन आवश्यक रहेको उल्लेख गर्दै आफूहरु संसदमार्फत कानून बनाउन लागि परिरहेको बताए ।

सभापति चालिसेले नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिनका लागि तिनै तहका सरकारहरुका बिचमा सहकार्य हुनुपर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.