मेक्सिकन क्लबको प्रशिक्षकमा म्याराडोना

भदौ २२, काठमाडौं । अर्जेन्टिनाका जेलेन्ड डिएगो म्याराडोना मेक्सिकन क्लब डोराडोस डी सिनाओलाको प्रशिक्षक नियुक्त भएका छन् ।

५७ वर्षीय विश्वकप विजेता म्याराडोनाले सन् १९७७ देखि १९९४ सम्म गरी देशका लागि ९१ खेल खेलेका थिए भने २००८ देखि १० सम्म प्रशिक्षक बने । पछिल्लो समय यूएईको क्लब अल फुजराहको प्रशिक्षक थिए, जहाँको सम्झौता अप्रिलमा सकियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.