हत्यारा खोज्न समय लागे पनि पत्ता लगाएर छोड्ने प्रहरी प्रमुख खनालको प्रतिवद्धता

भदौ २२, काठमाडौं । निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरीले गोप्य अनुसन्धान पनि सुरु गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल समेत पन्तका हत्यारा पत्ता लगाउने मिसनमा जुटेका छन् । उनले अनुसन्धानलाई नजिकबाट हेरिरहेको छन् । १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानकै सिलसिलामा महानिरीक्षक खनाल कञ्चनपुर पुगेका छन् ।

बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले साँझ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गरेका छन् । उनले हत्यारा खोज्न समय लागे पनि पत्ता लगाएर छोड्ने प्रतिवद्धता परिवार सामु जनाएका छन्।

अपराधिलाई कुनैपनि हालतमा नछोडिने बताउँदै आईजीपी खनालले ढिलो चाडो पक्राउ गर्ने बताए। उनको भनाईबाट यसअघि पक्राउ परेका दिलीप बास्तविक हत्यारा नभएको पुष्टि गर्छ । ‘अपराधि कुनैपनि हालतमा पक्राउ गर्छौ, ढुक्क हुनुस्’ पन्तका परिवारलाई आईजीपी खनालले आस्वस्थ पारेका थिए । बिहीबार साँझ महेन्द्रनगर पुगेका आईजीपी खनाल प्रहरी कार्यालयको निरीक्षण पश्चात सोझै घट्नास्थल पुगेका थिए। उनले निर्मला पन्तको हत्या र अहिलेसम्म भइरहेको अनुसन्धानका बारेमा जानकारी लिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.