लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ

कात्तिक १२, काठमाडौँ । काठमाडौं महानगरपालिका – २७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका – १६ माछापोखरीस्थित किङ्स अकबरे रेष्टुरेन्टका सञ्चालक नुवाकोट ककनी गाउँपालिका – १६ घर भएका २७ वर्षीय उमेश लामा समेत तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाइदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका–१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रुपियाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

सोही सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा. ८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रुपियाँ, मोबाइल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.