९५ हजारले लिए दसैंका लागि अग्रिम टिकट

असोज २७, काठमाडौँ । अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् ।

काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले अग्रिम टिकट लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बताउनुभयो। अग्रिम रुपमा काटिएका टिकटहरुमध्ये २० प्रतिशत अनलाइनबाट बुकिङ् भएको उहाँको भनाइ छ । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षितगरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो।

नयाँ बसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदैआएका छन्। सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्षितगरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको जनाएको छ।

यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले बसिरहेकाहरु घर जानका लागि टिकट काटिरहेका छन् । नयाँ बसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.