शीतल निवास अगाडि प्रदर्शन गर्ने १३ जना पक्राउ

असोज २२, काठमाडौं । संविधधान दिवसका दिन कैदीबन्दीलाई दिइएको आम माफीको विरोधमा मानव अधिकारवादीले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा आज (समेबार) राष्ट्पति कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् । मानव अधिकारवादी समुहको उक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि मानव अधिकारवादी समुहकका अगुवा कृष्ण पहाडीसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु आक्रोशित हुँदै निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ । प्रदर्शनमा नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहेको थियो । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले हत्या अभियोगमा आजिवन जेल सजाय पाएका रिगल भनिने योगराज ढकाल लगायतलाई दिएका सजाय माफीको विषय निकै विवादित बनिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.