असोज १६, काठमाडौं । व्यापार गर्ने भन्दै सापटी मागेर लगेको पैसा लिएर फरार एक महिला बैकिङ्ग कसूरमा जेल चलान भएकी छिन् ।
जेल चलान हुने महिलामा इलाम जिल्ला स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर-६ कपन बस्ने एलिना गौतम रेहेकी छन् । सापटी लगेको पैसा फिर्ता नगरी भागेकी गौतम विरुद्ध काभ्रे जिल्ला स्थायी घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने श्याम बहादुर घिसिङ तामाङले बैकिङ्ग कसूर सम्बन्धी प्रहरीमा उजुरी दिएका थिए ।
घिसिङले एलिना गौतमलाई १० लाख रुपियाँ सापटी दिएका थिए । तर उक्त पैसा समयमै फिर्ता गर्नको साटो गौतम पैसा खाएर भागेपछि बैकिङ्ग कसूर सम्बन्धी प्रहरीमा उजुरी परेको थियो । प्रहरीले गौतमलाई पक्राउ गरेर अदालतमा हाजिर गराएको थियो । उनलाई ललितपुर अदालतले १० वर्षको कैद सजाए सुनाएपछि कारागार चलान गरिएको हो ।

