असोज १४, काठमाडौं । दोलखा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट आइतबार चार केजी सुन बरामद प्रहरीले जनाएको हो ।
केही दिनअघि मात्र नेपाल प्रहरीले दोलखाबाट सात किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ । उक्त बरामद सुन चीनसँगको नाका फलेकबाट आएको अनुमान गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले ३ भदौमा रसुवागढी नाकाबाट आएको दुई र १३ असोजमा १ किलो सुन समेत बरामद गरेको थियो । पछिल्लो समय दोलखाबाट सुन बरामद गरेपछि उक्त सुन तस्करीको ठूलै गिरोह संलग्न हुन सक्ने प्रहरीले अुनमान गरिरहँदा आइतबार थप चार किलो अवैध सुन बरामद भएको हो ।

