फेरि काडमाडौंमा डुवान

भदौ २१, काठमाडौं । काठमाडौंको अनामनगर र आसपासको क्षेत्र फेरि डुवानमा परेको छ । बुधबार धोवीखोलामा आएको बाढीको कारण डुबानमा परेको हो।

धोवीखोलाको बाढी सयौं घरमा बाढी पसेको छ । डुवानका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। घरको पहिलो तल्ला पुरै डुवानमा परेको हुदाँ दर्जनौ घरपरिवार विस्तापित भएका छन्।

धोविखोलामा बाढी आएर घर-घरमा पस्न थालेपछि कतिपय स्थानीय रातभर सुत्न सकेनन । अहिले डुबान पीडितले घरभित्रका सामान निकाल्न र पानी निकाल्ने काम गरिरहेका छन ।
गत साउन ३० गतेको आएका बाढीले पनि अनामनगर आसपासका क्षेत्र डुवानमा परेको थियो । हिलोसहित आएको पानीले सो क्षेत्रका बासिन्दाको घरभित्रसम्म पानी पस्दा धनमालको समेत क्षति पुगेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.