पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि, के मा कति बढ्यो ?

भदौ २१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। बुधबार राती १२ बजेदेखि लागु हुने गरि निगमले मूल्यमा वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३।३ तथा खाना पकाउने एलपी ज्ञ्ासको मुल्यमा २५ रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार अब पेट्रोलको मुल्य १ सय १२ तथा डिजल र मट्टितेलको मुल्य ९८ रुपैयाँ पुगेको छ। यस्तै एलपी ज्ञ्ासको मुल्य १४ सय पुगेको छ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएकाले मूल्य बढाएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.