आन्दोलनरत शिक्षक र प्रहरीबिच बानेश्वरमा धकेलाधकेल

असोज ३, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र  तोड्न खोजेपछि प्रहरीसंग धकेलाधकेल भएको हो।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ। आन्दोलनरत शिक्षकहरू त्यहाँ भन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल छ।

शिक्षा विधेयकको विरोध गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वर सम्म मार्च पास गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.