स्थायी शिक्षक परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण (सूचीसहित)

भदौ २०, भक्तपुर । आगामी असोजमा हुने स्थायी शिक्षक परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म हुने प्रावी, निमावी र मावि गरी तिनै तहको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

शिक्षक सेवाको ईतिहासमा पहिलो पटक फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय गरिएको छ । तीनै तहको परीक्षाका लागि फारम भरेका परीक्षार्थीले जुन जिल्लामा केन्द्र परेको छ त्यही जिल्लाबाट परीक्षा दिनुपर्ने छ । अहिले परीक्षा केन्द्र रहने जिल्ला मात्रै तय गरिएको र कुन विद्यार्थी कुन केन्द्रमा भन्ने कुरापछि तोकिने आयोगले जनाएको छ ।

आयोगले ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराह, सिन्धुली, धनुषा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर लगायतका जिल्लामा परीक्षा केन्द्र तोकेको छ । त्यस्तै चितवन, पर्सा, गोर्खा, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, पर्वत, प्यूठान, दाङ् सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुरमा परीक्षा केन्द्र तोकिएको छ ।

हुम्लासहित कर्णालीको परीक्षा केन्द्र सुर्खेत तय गरिएको छ । त्यहाँका परीक्षार्थीले बाहिर जान हवाई जहाजमार्फत जानुपर्ने बाध्यताका कारण हुम्लामै परीक्षा केन्द्र तोक्न आग्रह गरिएको थियो । तर परीक्षाको मर्यादा कायम गर्न आवश्यक भएकोले त्यसो गर्न नसकिएको आयोगका अध्यक्ष ताना गौतमले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.