कांग्रेसका सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

भदौ २०, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

सरकारले संविधानको उलंघन गर्दै स्वच्छेचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् । संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वयम संविधान उल्लंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने मागमा जोड दिए । संविधानले नेपाली नागरिकलाई विनारोकतोक हिँडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उल्लंघन गर्दै सरकारले पूर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको दाबी गरे ।

सरकार स्वइच्छाचारी र निरंकुश बन्दै गइरहेको भन्दै उनले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । उनले भने– ‘बाँके निवासीले बर्दियामा एउटा मन्त्रीलाई कालो झण्डा देखाउँछ । सरकारले कस्टडीमा लिन्छ । सरकारको मान्छेलाई कस्टडीको अर्थ के हो त्यति पनि थाहा छैन । कस्टडीको अर्थ जिम्मा लिने हो । कैद होइन । जिम्मामा सरकारले लिन्छ । जिम्मा लिएर हत्या गर्छ । हत्या गरेपछि सम्बन्धित पुलिस अफिसरलाई पनि कारवाही हुनुपर्छ । यसको न्यायिक छानविन समिति गठन गरियोस् ।’ मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उनले कानुनअनुसार चल्न सरकारलाई चेतावनी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.