दीर्घकालीन स्वास्थय उपचार नीतिमा पहिलो बन्यो गोकर्णेश्वर नगरपालिका

मेयर चालिसले पाए हेल्थ अवार्ड

भदौ २४, काठमाडौँ । दीर्घकालीन स्वास्थ्य उपचार नीति निर्माणमा ७५३ स्थानीय तहमध्ये काठमाडौँको गोकर्णेश्वर नगरपालिका पहिलो बन्न सफल भएको छ ।

दीर्घकालीन स्वास्थ्य उपचारमा नागरिकले झेल्नु परेको दुःखलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका मेयर दीपक कुमार रिसालले रोग रोकथाम र नगरपालिकाले दिने अनुदानबारे नीति बनाएर स्वास्थ्य क्षेत्रमा पुण्यको कार्य गरेका छन् । स्थानीय तहबाटै स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ नीति निर्माण गरी कार्यन्वयनमा ल्याउन सफल भएकोमा स्वास्थ्य अवार्डबाट सम्मानित भएका छन् ।

शुक्रबार स्वास्थ्य खबर पत्रिका र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको साझेदारीमा भएको सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा मेयर रिसाललाई सम्मान गरेका हुन् । डब्लुएचओ ले तय गरेको दीगो विकासको लक्ष्यमा आधारित कार्यक्रम अन्तरगत गोकर्णेश्वर नगरपालिकाले उत्कृष्ठ कार्य गरेको भन्दै सो अर्वाड प्रदान गरिएको आयोजकले बताए ।

क्यान्सर बिरामीलाई संघीय सरकारले दिदै आएको अनुदानमा थप ५० हजार सहयोग दिने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा गोकर्णेश्वर नगरपालिका पहिलो स्थानीय तह बन्न सफल भएको छ । यस अघि क्यान्सर पीडितका लागि स्थानीय तहको सिफारिसमा संघीय सरकारले एक लाख रूपियाँ अनुदान दिदै आएको थियो । रोगको प्रकृति र उपचारमा लाग्ने खर्चको अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हुने भएको भन्दै गोकर्णेश्वर नगरपालिकाबाट थप रू. ५० हजार अनुदान दिने निर्णय मेयर दीपक कुमार रिसालले गरेका थिए ।

दुःख पाएकालाई सिफारिस होइन, सहयोग गर्ने मनसाय बनाएर गोकर्णेश्वर नगरपालिका मेयर रिसालले सो निर्णय अघि सारेका थिए । उनले रोग लाग्नुभन्दा अगाडी नै स्वास्थ्य परीक्षण गराउन स्वास्थ्य सचेतना अभियान र भौतिक संरचना विस्तारमा विशेष ध्यान दिदै आएका छन् । मेयर रिसालले दीर्घरोगका लागि दीर्घकालीन रुपमै केही गर्ने हुटहुटीका कारण क्यान्सरको समुदायस्तरमा परीक्षणको अभियान चलाए। शंकास्पदको पुनः परीक्षण नगरपालिकाबाटै गराए। नगर अस्पतालको विकासमा प्राथमिकता दिइएको छ भने ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरले व्यहोर्ने नीति लिइएको छ। पालिका अस्पतालमा स्वास्थ्य बीमाले भुक्तानी नदिँदा नगरले भरथेग गर्ने प्रणाली बसाइएको छ।

यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्। स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ। यस वर्षको अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ।

अवार्ड पाउनेहरुमा हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन्।

अवार्ड समारोहमा पूर्वमन्त्रीहरू, सांसद, जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू, सरकार कर्मचारी तथा पत्रकारहरूको सहभागी रहेको थियो ।

भिडियो रिर्पोट

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.