काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्नेलाई तिरायो जरिवाना

भदौ २३, काठमाडौँ ।अनधिकृत प्रचार सामग्री टाँस्ने, वितरण गर्ने तीन जनालाई कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएर काठमाडौँ महानगरपालिकाले जरिवाना तिराएको छ ।

विभिन्न पदमा रोजगारको अवसर उल्लेख भएको पर्चाको फोन नम्बर पछ्याउँदै रमेश खत्री, माधव पन्त र गणेश आचार्यलाई नियन्त्रणमा लिएर महानगरले जरिवाना तिराएको हो । नगर प्रहरी निरीक्षक प्रकाश पण्डित, नायव निरीक्षक राजकुमार चौलागाईं र सहायक निरीक्षक प्रयास घिमिरेको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

महानगरले सडक वा सडकका भित्ता, बिजुलीका पोल, रेलिङ्, बार, पार्क, पर्खालजस्ता ठाउँहरुमा प्रचारका सामग्री टाँस्न रोक लगाएको छ । यसको वास्ता नगरी सार्वजनिक स्थानमा पर्चाँ टाँस्ने, सडकमा हिँड्नेलाई वितरण गर्ने कार्य भने रोकिएको छन् । उनीहरुमध्ये केहीले व्यक्तिगत सामग्री र केही संस्थाहरुको सामग्री तथा सेवाका पर्चा, पम्प्लेट टाँस्ने तथा वितरण गर्ने गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.