नुवियाको स्मार्टफोन नेपाली बजारमा

भदौ २०, काठमाडौं । आईटीपी नेपालले नेपाली बजारमा चार किसिमका नुविया स्मार्ट फोनहरु भित्र्याएको छ । कम्पनीले नुवियाको एम२ लाइट, एन२, जेड१७ मिनि, जेड १७ मिनिसको बिक्री सुरु गरेको हो ।

नयाँ फोनमध्ये एम२ लाइटको बजार मूल्म १९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । फोनमा ४ जीबी र्याम, ३२ जीबी रोम, १३ मेगापिक्सेल रियर र १६ मेगापिक्सेल सेल्फि क्यामेरा रहेको छ । त्यस्तैगरी एन२को बजार मूल्य २४ हजार ८ सय ९९ रहेको छ । सो फोनमा फोनमा ४ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगापिक्सेल रियर र १६ मेगापिक्सेल सेल्फि क्यामेरा रहेको छ भने उस्तै फिचरसहित डुअर रियर क्यामेरा भएको जेड १७ मिनिको मूल्य २९ हजार ९ सय ९९ रुपैया रहेको छ ।

कम्पनीको उत्कृष्ट फिचर भएको जेड १७ मिनिसको मूल्य भने ३७ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । फोनमा फोनमा ६ जीबी र्याम, ६४ जीबी रोम, १३ मेगापिक्सेल डुअल रियर र १६ ं ५ मेगापिक्सेल सेल्फि क्यामेरा रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.