भदौ ८, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल तमू संघ (समाजवादी) केन्द्रीय समितिको को तेस्रो बैठक सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौँमा संघका अध्यक्ष गंगा गुरूङको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय स्थायी कमिटि सदस्य तुलबहादुर गुरूङको प्रमुख आतिथ्यतामा बसेको बैठकले संगठन विस्तारलाई तिब्रता दिने निर्णय गरेको छ । संगठनलाई चुस्त र दुरुस्ता बनाउन विशेष छलफल गर्दै भदौ २३ गते केनद्रीय कमिटिको पूर्ण बस्ने निर्णय गरिएको अध्यक्ष गंगा गुरूङले जानकारी दिए ।

बैठकमा बोल्दै प्रमुख अतिथि समेत रहेका पार्टी स्थायी कमिटि सदस्य तुलबहादुर गुरूङले संगठनलाई समावेशीकरण र कार्यकर्ता उत्पादनमा विशेष प्राथमिकता दिदै अगाडी बढ्नुपर्ने बताए । समाजवादको लक्ष्यअनुरुप पार्टी संगठनलाई चलयमान बनाउनका लागि सबै घटक संगठनहरू लाग्नुपर्ने बताए । जनजाति हकअधिकार र नेतृत्वमा समानता कायम गराउन जातिय संगठनहरूले महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताए ।

उक्त बैठकबाट नेपाल तमू संघ (समाजवादी)को प्रथम अधिवेशनको मिति घोषणा गर्ने बताउनुभयो । बैठकमा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) उपाध्यष तथा घटक संघका इन्चार्ज रामचन्द्र बल, महासंघको महासचिव चन्द्रबहादुर तामाङ, उपमहासचिव कृष्ण चोङवाङ लगायतले मन्तव्य राखेका थिए । बैठक तमु संघका महासचिव लक्ष्मण गुरूङले सञ्चालन गरेका थिए ।


