मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

भदौ ५, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति ८ बजे खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुल नजिकै खसेको पहिरोको कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजनको दुईवटा मेसिनबाट पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पूर्णरूपमा पहिरो पन्छाउन अझै समय लाग्ने बताइएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई आज वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.