आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नागपञ्चमीको रुपमा मनाउने गरिन्छ ।

सनातन धर्मालम्वीहरुले सोमबार घर घरमा नागका तस्वीर टाँसेर नागपूजा गर्ने गर्दछन् । यस्तै, विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको ढोकामा अष्टनागको पूजा गर्ने गरिन्छ । यसरी नागपूजा गर्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास रहेको छ । नागपूजाको प्रचलन कहिलेदेखि शुरु भयो भन्ने विषयमा विभिन्न खालका किंवदन्तीहरू रहेका छन् । वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने जनविश्वास रहेको छ ।

द्वापरयुगको अन्त्यमा राजा परीक्षितको मृत्यु नागले डसेर भएपछि उनका छोरा जन्मजयले पृथ्वीलोकमा रहेका सबै सर्प मार्न यज्ञ लगाएपछि स्वर्गका राजा इन्द्रसँगै आएका अस्तिका नागले राजा जन्मजयसँग माफी मागेपछि यज्ञमा हवन हुन लागेका सर्पहरू बाँचेकाले सोही श्रावण शुक्लपक्षको पञ्चमीदेखि नागको पूजा गर्न सुरु गरिएको कथा रहेको छ ।

नागलाई पानीसँग पनि जोड्ने गरिएको छ । नाग रिसाएपछि वर्षा नभएको, पानीको अभाव भएको र सम्पूर्ण जीव र जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ । नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीस्थित नागस्थानलगायत देशभरका नागस्थानहरुमा बिहानैदेखि नागको पूजा गर्नेहरुको भीड लागेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.