आँखा पाक्ने रोगका ५ लक्षण र रोकथामका उपाय

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहौं।

आँखा पाक्ने रोगका लक्षणहरु
– आँखा रातो हुने र चिलाउने

– आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने

– आँखाको ढकनी रातो हुने, सुन्निने

– आँखा बिझाउने/दुख्ने

– घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने

रोकथामका उपाय
भाइरल कन्जन्टिभाइटिस अर्थात आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। त्यसैले रोकथामका निम्त उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौं।

– संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने

– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै: टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने

– जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।

– व्यक्तिगत सरसफाइमा ध्यान दिने।

भाइरल कन्जन्टिभाइटिस भइहाले आत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैं निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं।

आँखा पाक्ने रोग लागेमा के गर्ने?
यो रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैं निको हुन्छ। घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु यसप्रकार छन्:

– बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने।

– आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।

– आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने।

– प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने।

– बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने।

– संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने।

– संक्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने।

स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि प्रयोग नगरौं। दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जाऔं।

-स्वास्थ्य मन्त्रालय

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.