पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा

साउन २२, काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन नपाउने खरिद कार्यालयले जनाएको छ । विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न लेखी पठाएकाले २४ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । केही कम्पनी एक वर्षका लागि त केही डेढ वर्षका लागि कालोसूचीमा परेका हुन् ।

पप्पु कन्स्ट्रक्सनका अलवा कोशी एन्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्ध निर्माण सेवा, नवनिर्माण बिल्डर्स, चेतना कन्स्ट्रक्सन, यूकेएन कन्स्ट्रक्सन, बीकेबी कन्स्ट्रक्सन, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाा निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, एके कन्स्ट्रक्सन, केआर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्भान कन्स्ट्रक्सन, लामाबुढा निर्माण तथा सामग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, अनुस्ठान कन्स्ट्रक्सन, युद्ध निर्माण सेवा र जय भगवती निर्माण सेवालाई कार्यालयले कालोसूचीमा राखेको हो ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.