साउन २१, काठमाडौँ । तामाङ र मगर समुदायले भोलि काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने भएको छ ।
नेपाल तामाङ घेदुङ र नेपाल मगर संघ केन्द्रीय समितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो १ बजे शान्तिपूर्ण विरोध प्रर्दशनको आह्वन गरेको छ । एक टेलिभिजमा अन्तरवार्ता दिने क्रममा तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरि विवादस्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानून वमोजिम कारवाहीको माग राख्दै एक घण्टा शान्तिपूर्ण विरोध प्रर्दशन कार्यक्रम राखेको जनाएको छ । विज्ञप्तिमा काठमाडौँ उपत्यका आसपासका जिल्लामा रहेका तामाङ, मगर लगायत जनजाति संघसंस्थाहरूलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वन गरेको छ ।
त्यस्तै नेपाल तामाङ संघ (समाजवादी) नेपाल आदिवासी जनजाति महासंघ, नेपाल तामाङ कलाकार संघ, लगायत राजनीतिक तथा सामुदायिक संघसंस्थाहरूले समेत एक्यवद्धता जनाउने भएको छ । अन्य जिल्लाहरूको हकमा जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको उक्त विज्ञप्तिमा जनाएको छ । यस अघि शान्तिपूर्ण आन्दोलनको क्रममा दर्जनौँ अभियान्तहरूलाई प्रहरीबाट नियन्त्रण लिई चरम यातना दिएको भन्दै संलग्न प्रहरीहरूलाई कारवाहीको तथा घाइतेहरूलाई क्षतिपूर्ती माग गरेको छ ।

तामाङ र मगर समुदायको संस्कार तथा संस्कृतिमाथी अपमान हुने गरी अध्ययनविना तर्क दिर्दै समाजमा पहिचान र अस्तित्वको प्रहार गरेको भन्दै शव्द फिर्ता गरी सार्वजनिक रूपमा माफी दिनुपर्ने समुदायको माग भएपनि वेवस्ता गरेको भन्दै जिल्ला अदालतमा समेत उजुरी परेको थियो । सोही उजुरीकै आधारमा पक्राऊ पुर्जी जारी भए पनि प्रहरीले पक्राउ नगरेको भन्दै प्रहारीलाई ध्यानाकर्षण गर्दै आएको आन्दोलनकर्मीहरूले बताए ।


